सिटौलाले मन्त्री प्रस्ताव गरेका चौधरीको नाममा प्रधानमन्त्रीको असन्तुष्टि

बिहिबार, २१ असोज, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको तेस्रो धारका रूपमा स्थापित नेता कृष्ण सिटौलाले मन्त्रीका लागि प्रस्ताव गरेको नाममा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले असन्तुष्टि जनाएको छन्। सिटौलानिकट एक नेताका अनुसार सिटौलाले प्रस्ताव गरेका उमाकान्त चौधरीको नाममा प्रधानमन्त्री देउवाले अनिच्छा देखाएका हुन्।

‘उहाँ (सिटौला)ले हाम्रोतर्फबाट आलोपालोका हिसाबले चौधरीको नाम पठाउनुभएको हो। तर, पार्टी सभापतिले उमाकान्तलाई रुचाउनुभएको छैन। यसकारण पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ,’ ती नेताले भने। उनका अनुसार चौधरीको विवादित छविका कारण प्रधानमन्त्रीले असन्तुष्टि देखाएका हुन्। 

बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले हालसम्म आएका नाममध्ये नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रस्ताव आएको प्रेम आलेको विषयमा समेत असन्तुष्टि देखाएका छन्।

सुझावित समाचार