प्रमुख प्रतिपक्षी दल एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक शुक्रबार अपराह्न ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने केन्द्रीय कार्यालयसचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकका लागि दुई एजेन्डा तय गरिएको छ । विधान महाधिवेशन (प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी) र चालू संसदमा पार्टीको भूमिकाबारे आवश्यक निर्णय लिइने एमालेले जनाएको छ ।
एमसिसीको विषयमा पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । तर, एजेन्डामा भने एमसिसी समावेश गरिएको छैन ।