एकीकृत समाजवादी दर्ताविरुद्धको मुद्दाको सुनुवाइ सर्‍यो

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ सरेको छ। सर्वोच्च अदालतले न्यायाधीश मीरा खड्काको एकल इजलासमा सुनुवाइ तोकेकोमा शुक्रबार बेञ्च बस्न नभ्याएका कारण सुनुवाइ हुन नसकेको सर्वोच्चले जनाएको छ। 

दल दर्ताविरुद्ध नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको वारेसनामामार्फत छुट्टाछुट्टै तीन रिट दर्ता गराएका थिए। रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ। 

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमा एमालेले १४ जनालाई सांसद पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको छ।
 

सुझावित समाचार