नयाँ सरकारको नेतृत्व तालिवानका सहसंस्थापक बरादरले गर्ने

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

अफगानिस्तानमा अब बन्ने सरकारको नेतृत्व तालिवानका सहसंस्थापक मुल्लाह बरादरले गर्ने बताइएको छ। बरादरसँगै तालिवानका संस्थापक मुल्लाह ओमारका छोरा मुल्लाह मोहम्मद याकुब र शेर मोहम्मद अब्बास तानिकजाई सरकारका मुख्य भूमिकामा हुने तालिवानी स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

‘सबै नेताहरू काबुल आइपुगिसकेका छन्। हामी नयाँ सरकार घोषणाको अन्तिम तयारीमा छौँ,’ नाम गोप्य राख्ने सर्तमा एक तालिवान अधिकारीले भने।

तालिवानले गत अगस्ट १५ मा अफगानिस्तानको अधिकांश क्षेत्रमा कब्जा गरेको थियो। यद्यपि, राजधानी काबुलबाट उत्तरी क्षेत्रमा रहेको पन्जसिर भने तालिवानले आफ्नो नियन्त्रणमा लिन सकेको छैन।

सुझावित समाचार