सन् २००३ : करिब तीन दशक सञ्चालनमा रहेको विश्वको सबैभन्दा छिटो उड्ने कोनकोर्ड विमान महँगो सञ्चालन खर्च धान्न नसक्ने भएपछि यसै दिन अन्तिम उडान गरेर थन्क्याइयो ।
सन् १७९१ : तत्कालीन राष्ट्रपति जर्ज वासिंटनको फिलाडेल्फियास्थित घरमा पहिलोपटक अमेरिकी सरकारको क्याबिनेट बैठक बस्यो । राष्ट्रपतिसँगै विदेशमन्त्री थोमस जेफर्सन, वित्तमन्त्री एलेक्ज्यान्डर ह्यामिल्टन, युद्धमन्त्री हेनरी नक्स र महान्यायाधिवक्ता एड्मन्ड र्यान्डोल्फ बैठकमा सहभागी थिए ।
सन् १९१७ : पहिलो विश्वयुद्धमा मित्रशक्तिबाट लडिरहेको रुसमा बोल्सेभिक पार्टीको नयाँ सरकार गठन भएपछि यसै दिन तिनले विश्वयुद्धबाट बाहिरिन प्रतिद्वन्द्वी जर्मनी र अस्ट्रिय हंगेरीसँग सम्झौताको प्रस्ताव राखे ।
सन् १९१८ : मोन्टेनेग्रोमा बसेको ‘पोड्गोरिका सभा’ले छिमेकी देश सर्बियासँग मिसिने पक्षमा मतदान गर्यो ।
सन् १९२४ : मंगोलियाले नयाँ संविधान लागू गरेसँगै देश गणतन्त्र घोषणा बन्यो ।
सन् १९४१ : जापानका नौसैनिक वाहन र ४१४ जहाज कुरिल टापुको आधारबाट अमेरिकाको पर्लहार्वरतर्फ अघि बढ्न सुरु गर्यो । सो समूहले डिसेम्बर ७ मा पर्लहार्वरमाथि आक्रमण गरेपछि अमेरिका दोस्रो विश्वयुद्धमा तानिएको थियो ।
सन् १९४९ : भारतको संविधानसभाले देशको संविधानलाई अनुमोदन गर्यो । यो दुई महिनापछि जनवरी २६ मा लागू भएको थियो ।