सन् १९६१ : नासाले ‘एनोस’ नामक चिम्पान्जी राखेको अन्तरिक्षयान पृथ्वीको अक्षमा प्रक्षेपण गर्यो ।
सन् १७८१ : अफ्रिकाबाट बन्दी बनाएर अमेरिकी महादेश जाँदै गरेको ‘जोङ’ नामक ब्रिटिस जहाजमा सवार १३० भन्दा बढी दासदासीलाई जहाजबाट समुद्रमा फालेर पछि बिमा दाबी गरियो ।
सन् १९४५ : युगोस्लाभियामा कम्युनिस्ट मात्र सम्मिलित रहेको संविधानसभाले निर्वासनमा रहेका राजा पिटर द्वितीयलाई अपदस्थ गर्दै देशलाई ‘संघीय जनगणतन्त्र युगोस्लाभिया’ घोषणा गर्यो ।
सन् १९६२ : अल्जेरियामा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध ।
सन् १९६३ : अमेरिकी राष्ट्रपति लिन्डन बी जोनसनले पूर्ववर्ती जोन एफ केनेडीको हत्याको अनुसन्धान गर्न अनुसन्धान आयोग गठन गरे ।
सन् १९७२ : अटारी नामक कम्पनीले विश्वको पहिलो व्यावसायिक रूपमा सफल भिडियो गेम ‘पोङ’ सार्वजनिक गर्यो ।
सन् १९७५ : अमेरिकी राष्ट्रपति ग्रेरार्ड फोर्डले एक विधेयकमा हस्ताक्षर गर्दै सम्पूर्ण अपांग बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था गरे ।
सन् २००७ : सिनेटर एन्टोनियो ट्रिलेन नेतृत्वको फौजले विद्रोह गरेपछि फिलिपिन्सका सैन्य फौजले ट्रिलेन्समा बसिरहेको ‘होटेल पेनिनसुला मनिला’लाई घेरा हाल्यो ।
सन् २०१२ : संयुक्त राष्ट्रसंघीय महासभामा भएको निर्वाचनले प्यालेस्टाइन प्रतिनिधिलाई ‘पर्यवेक्षक’बाट ‘गैरसदस्यीय पर्यवेक्षक राज्य’मा स्तरोन्नति गर्ने पक्षमा मतदान गर्यो ।