फेसबुकद्वारा तालिवानसम्बन्धी सबै सामग्रीमाथि प्रतिबन्ध

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

फेसबुकले तालिवानसँग सम्बन्धित सबै सामग्री आफ्नो प्लेटफर्मबाट हटाउने भएको छ। तालिवानलाई आतंकवादी संगठन ठहर गर्दै फेसबुकले यो संगठन र यसका समर्थनमा प्रकाशिन हुने सबै सामग्री हटाउने निर्णय गरेको हो।

‘अमेरिकी कानुनले तालिवानलाई आतंकवादी संगठनको सूचीमा राखेको छ र हामीले खतरनाक संगठन नीतिअन्तर्गत उनीहरूलाई हाम्रो प्लेटफर्म प्रयोग गर्न प्रतिबन्ध लगाएका छौँ,’ तालिवानका एक प्रवक्तालाई उदृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

यसअघि तालिवानले आफ्ना निर्णय तथा सन्देशहरूको प्रचार गर्न सामाजिक सञ्जालको व्यापक प्रयोग गर्दैै आएको थियो।

अब तालिवानलाई प्रतिनिधित्व गर्ने, उनीहरूको समर्थन वा प्रशंसा गरिएका सामग्रीहरू पनि फेसबुकमा सेयर गर्न पाइनेछैन। फेसबुकले यस्ता सामग्री हटाउनका लागि स्थानीय दारी र पास्ताे भाषा बोल्ने तथा यहाँको बारेमा विज्ञता हासिल गरेकाहरूको छुट्टै टिम नै बनाएको जनाएको छ।

सुझावित समाचार