भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज (भिडियोसहित)

मंगलबार, १९ साउन, २०७८
डिजिटल संस्करण
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज (भिडियोसहित)

फाइल तस्बिर

सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले उक्त आयोग खारेज गरेको हो।  केपी ओली नेतृत्वको सरकारले २०७६ चैत ९ गते गठन गरेको उक्त आयोगको अध्यक्ष देवी ज्ञवाली थिए। २०७७ माघ १५ देखि जिल्लामा समेत उक्त आयोग गठन गरिएको थियो।

भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ ख को उपदफा (६) को आधारमा उक्त आयोग गठन गरिएको थियो। उक्त आयोगले स्थापनादेखि असार मसान्तसम्म २१ करोड २७ लाख रुपैयाँ खर्च गरिसकेको छ।

सुझावित समाचार