माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लागेको मन्त्रिपरिषद् विस्तारमा के–कसरी सहभागी हुने भन्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।