माओवादी केन्द्रबाट प्रदेश प्रमुखमा अमिक शेरचनको नाम सिफारिस

मंगलबार, १२ साउन, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको तर्फबाट प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको छ। आज पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख हेरफेरको तयारी गरेसँगै माओवादीले औपचारिक निर्णय गरेर शेरचनलाई पठाएको हो। गण्डकी प्रदेश प्रमुख रहेका शेरचनलाई केपी ओली नेतृत्वको सरकारले हटाएर सीता पौडेललाई नियुक्त गरेको थियो।
 

सुझावित समाचार