पछिल्ला राजनीतिक घटनाक्रम र सरकारका गतिविधिलाई लिएर विपक्षी गठबन्धनले सम्पादकहरूसँग अन्तर्क्रिया आयोजना गरेको छ ।
बिहीबार दिउँसो २ बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सम्पादकहरूसँग अन्तर्क्रिया कार्यक्रमको अयोजना गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार सो कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बुधबार साँझ बसेको गठबन्धनको बैठकले पत्रकार, नागरिक समाज र बुद्धिजीवीहरूसँग छलफल गर्ने निर्णय गरेको थियो । गठबन्धनले बिहीबारै राजनीतिक संघर्षका कार्यक्रमहरू पनि सार्वजनिक गर्ने जनाएको छ ।