विपक्षी गठबन्धनले भन्यो– एकताबद्ध रूपमा अठोटका साथ अघि बढ्न प्रतिबद्ध छौँ

मंगलबार, ८ असार, २०७८
डिजिटल संस्करण

विपक्षी गठबन्धनले कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा र राहत प्रदान गर्न असक्षमता एवं बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपत् व्यवस्थापनमा पूर्वतयारीको अभावजस्ता कार्यसमेतले सरकारको अकर्मन्यता र गैरजिम्मेवारीपन देखिएको आरोप लगाएको छ ।  विपक्षी गठबन्धनका पाँच नेताले मंगलबार संयुक्त वक्तव्य जारी गरी सरकारका कारण नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरू नै गुम्ने खतरा उत्पन्न भएको र राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र  राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गरेर स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र भइरहेको जिकिर गरेका छन् ।

नेपालको संविधान, लोकतन्त्र, संसद, राष्ट्रिय हितको रक्षा, कोराना महामारी र बाढी, पहिरो र डुबानको विपत्तिबाट जनताको सुरक्षा, उद्धार तथा पुनर्स्थापना तथा जनताका अपेक्षा एवं आवश्यकताप्रतिको जिम्मेवारीबोधका साथ संयुक्त रूपमा पाइला चाल्नैपर्ने अवस्था सिर्जना भएको भन्दै उनीहरूले यस दिशामा एकताबद्ध रूपमा अठोटका साथ अघि बढ्न प्रतिबद्ध रहेको जनाएका छन् । 

यस्तो छ संयुक्त वक्तव्य

सुझावित समाचार