लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

शुक्रबार, २१ जेठ, २०७८
डिजिटल संस्करण

लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  राइनास नगरपालिकाअन्तर्गतको मध्यपहाडी लोकमार्गमा छोराले चलाएको ट्याक्टर दुर्घटना हुँदा राइनास नगरपालिका– ४ सातबिसेका अन्दाजी ६० वर्षीय रामबहादुर कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने राइनास नगरपालिका– ८ भैंसीखोलामा सिम्घारीबाट तीनपिप्लेतर्फ जाँदै गरेको ग.१त ५६४९ नम्बरको ट्याक्टर बिहीबार राति पौने २ बजेतिर अनियन्त्रित भई दुर्घटना भएको हो ।

उक्त ट्याक्टर सडकको दायाँतर्फ पल्टिँदा रामबहादुर कुमालको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । उक्त ट्याक्टर मृतकका छोरा अन्दाजी ३० वर्षीय एकबहादुर कुमालले चलाएका थिए । सामान्य घाइते भएका एकबहादुर स्थानीय अस्पतालको  उपचारपछि  डिस्चार्ज भएका छन्।

सुझावित समाचार