बहुमतीय प्रधानमन्त्री दाबी गर्न कोही पनि आएनन् : राष्ट्रपति कार्यालय

बिहिबार, ३० बैशाख, २०७८
डिजिटल संस्करण

राष्ट्रपति कार्यालयले निर्धारित समयमा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्रीमा दाबी पेस नगरेको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतीय प्रधानमन्त्रीमा कसैले पनि दाबी नगरेको बताएका हुन् ।  

संविधानको धारा ७६ (२) अनुसार बहुमतीय सरकार बन्न नसकेपछि अब राष्ट्रपतिले धारा ७६ (३) अनुसार संसद्को सबैभन्दा ठूलो दल एमाले संसदीय दलको नेता केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछिन् । नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्नेछ । 
 

सुझावित समाचार