कोभिड– १९ को संक्रमणलाई रोक्ने हरसम्भव उपाय गर्न सरकारसँग देउवाको माग

सोमबार, १३ बैशाख, २०७८
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले कोभिड– १९ को संक्रमणलाई रोक्ने हरसम्भव उपाय गर्न सरकारसँग माग गरेका छन् । देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गरेर संक्रमण दर तीव्र गतिमा बढेको र संक्रमणबाट गम्भीर बिरामी भएर आइसियू र भेन्टिलेटरको आवश्यकता पर्नेको संख्या पनि बढ्दो रहेको भन्दै हरसम्भव उपाय गर्न माग गरेका हुन् । 

उनले संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ गम्भीर हुन पनि सरकारसँग माग गरेका छन् । 

चाँडोभन्दा चाँडो आवश्यक खोपको व्यवस्था मिलाउनेतर्फ ठोस योजनासहित कूटनीतिक सक्रियता बढाउन पनि देउवाले सरकारसँग माग गरेका छन् । देउवाले अग्रिम बुकिङ गर्न नसकेका नेपालजस्ता देशहरूलाई बुकिङ भएको संख्यामध्येबाट खोप सुविधा उपलब्ध गराउन सम्बन्धित मित्रराष्ट्रहरूसँग अनुरोध पनि गरेका छन् । 
प्रेस विज्ञप्ति जस्ताको तस्तै

सुझावित समाचार