सुर्खेतमा मंगलबार रातिबाट एक साता लकडाउन हुने

सोमबार, १३ बैशाख, २०७८
डिजिटल संस्करण

कोरोना संक्रमणको संख्या बढ्दै गएपछि सुर्खेतमा मंगलबार रातिबाट लागू हुने गरी  लकडाउन हुने भएको छ । सोमबार बिहान बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रकोे बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्म लकडाउन गर्न जिल्ला सुरक्षा समितिसमक्ष सिफारिस गरेको हो ।

जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएका कारणले लकडाउन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । ‘१४ गतेदेखि लागू हुने गरी सुर्खेत जिल्लाभर लकडाउन हुने भएको छ,’ उनले भने, ‘जिल्ला सुरक्षा समितिले केहीबेरमा बैठक बसेर यससम्बन्धी निर्णय गर्नेछ ।’ 
 

सुझावित समाचार