सुवेदी र चुँडालमाथि संसदीय सुनुवाइ सुरु

शुक्रबार, ३ बैशाख, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुँडालमाथि संसदीय सुनुवाइ सुरु गरेको छ । 

संसद्को संसदीय सुनुवाइ समितिले न्यायपरिषद्वारा प्रस्तावित दुवैजनालाई बोलाई सुनुवाइका लागि छलफल सुरु गरेको हो । यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवैजनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो ।

समितिमा प्रस्तावित न्यायाधीश कुमार चुँडालविरुद्ध दुईवटा र नहकुल सुवेदीविरुद्ध पाँचवटा उजुरी परेको थियो ।

सुझावित समाचार