माओवादी केन्द्रले गर्‍यो बादललाई कारबाही

शुक्रबार, २७ चैत, २०७७
डिजिटल संस्करण

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कारबाही गरेको छ । बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकले कारबाहीको निर्णय गरेको  र सोही निर्णयको सूचना आज संघीय संसदमा बुझाएको नेता देव गुरुङले जानकारी दिए ।

 पार्टी विभाजनपछि माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेको सदस्य बनेका बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रिय सभा सदस्य पद रिक्त हुनेछ ।

माओवादी केन्द्र परित्याग गरेका लेखराज भट्ट,  गौरीशंकर चौधरी, टोपबहादुर रायमाझी र  प्रभु साहको पनि बिहीबारबाट  प्रतिनिधिसभा पद खारेज भएको थियो । 

See More On

सुझावित समाचार