राष्ट्रपतिसँग झलनाथले भने- आफ्नो स्वास्थ्यभन्दा कम्युनिस्ट आन्दोलनको चिन्ता छ

शनिबार, २१ चैत, २०७७
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गरेकी छिन् ।शनिबार दिउँसो डल्लुस्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । भेटमा आफ्नो स्वस्थ्यप्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेकाे खनालले बताए । तर, आफूले आफ्नो स्वास्थ्य भन्दा पनि पार्टी र कम्युनिस्ट आन्दोलनका बारेमा चिन्ता लागेको कुरा राखेको बताए । उनले भने, ‘हाम्रो आफ्नो व्यक्तिगत स्वास्थ्यका बारेमा मलाई चिन्ता होइन, चिन्ताचाहिं पार्टीको बारेमा लागेको छ, कम्युनिस्ट आन्दोलनको स्वास्थ्यका बारेमा चिन्ता छ ।’

 भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिका विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताए । खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकी इतिहास संशोधन मण्डलका अध्येता एवं प्रवर्द्धकहरू दिनेश पन्त र महेश पन्तको घरमा पुगेको  र सोही क्रममा आफ्नो घरमा समेत भेट्न आएको खनालले बताए ।

भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विवाद समाधान भएर जाओस् भन्ने चाहना रहेको बताएको  पनि पूर्वप्रधानमन्त्री खनालले बताए । उनले भने ‘हामीले एकछिन भलाकुसारी गर्यौं । विगतका कुरा पनि हामीले गर्यौं । अहिलेको वर्तमान स्थितिका बारेमा पनि अलिकति कुराकानी गर्यौँ । उहाँले पार्टी आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस्, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुराहरू व्यक्त गरे ।’

अहिले पार्टीमा कतिपय समस्याहरू उत्पन्न भइरहेका वेलामा यहाँ आउनुभएको छ । सबै पार्टी बलिया भए, सुदृढ भए एकताबद्ध भए भने मात्रै लाकेतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो हुनु भनेको हाम्रो बहुदलीय व्यवस्था अथवा लोकतान्त्रिक गणतन्त्र बलियो हुनु भनेको पार्टीहरु बलियो हुने कुरा हो ।

पार्टी बलियो नभईकन लोकतन्त्र बलियो हुँदैन, त्यसकारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने कुरामा म पनि सोचिरहेको छु । राष्ट्रपतिज्यूले पनि के भन्नुभयो भने, तपाईंले भनेजस्तो लोकतन्त्र बलियो बनाउनलाई पार्टीहरू नै बलियो हुनुपर्छ । सबै पार्टी बलिया हुन, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र नेकपा एमाले पनि बलियो होस् भन्ने नै मेरो चाहना रहेको हो । तपाईंहरू अहिले पनि सकेसम्म मिलेर जानुहोस् भन्ने सुझाब दिनुभयो ।’

सुझावित समाचार