गृह मन्त्रालय नयाँ भवनमा सर्ने

शुक्रबार, २० चैत, २०७७
डिजिटल संस्करण

गृह मन्त्रालय मन्त्रिपरिषद् तथा प्रधानमन्त्री  कार्यालय रहेको भवनमा सर्ने भएको छ । १ वैशाखमा गृह मन्त्रालय सर्न लागेको हो ।  गृह मन्त्रालय सर्न लागेको भवनको शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निरीक्षण गरेका छन् ।

भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो । प्रधानमन्त्री कार्यालय मर्मत गरिएको पुरानै भवनमा सरिसकेको छ ।
 

सुझावित समाचार