वातावरणमा सुधार आउन अझै केही दिन लाग्ने

शनिबार, १४ चैत, २०७७
डिजिटल संस्करण

पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौं उपत्यकामा बाक्लो तुवाँलो लागेको छ।

जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको जनाएको छ ।

स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् सविना शाक्यले बताइन् ।यसबाट हुने प्रदूषणका कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वास–प्रश्वासमा समेत समस्याबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्किन, निस्किनुपरेमा मास्क लगाउन  र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।     
 
 

See More On

सुझावित समाचार