प्रचण्ड–माधव समूहद्वारा संसद् सचिवालयमा आधिकारिक दल आफूहरू भएको लिखित जानकारी

आइतबार, २३ फागुन, २०७७
डिजिटल संस्करण

प्रचण्ड–माधव नेपाल समूहले संसद् सचिवालयमा आधिकारिक दल आफूहरू भएको लिखित जानकारी गराएको छ । 

आइतबार संघीय संसद् सचिवालय पुगेर सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका सांसदले आफूहरू आधिकारिक भएको लिखित जानकारी गराएका हुन् । 

उनीहरूले जानकारीपत्र संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई बुझाएका छन् । तर, गौतमले भने परामर्श गरेर मात्रै दर्ता गर्ने बताएका छन् । 

सुझावित समाचार