पूर्वप्रमुख निर्वाचन आयुक्तहरू भन्छन्– निर्वाचन आयोगको साखमा असर नपरोस्, दलको विवाद छिटो निरुपण होस्

बुधबार, १९ फागुन, २०७७
डिजिटल संस्करण

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्य तथा आयोगको आफ्नै साखमा पर्न सक्ने असरलाई समेत विचार गरी प्रचलित कानुन र स्थापित नजिरहरूको आधारमा उपयुक्त निर्णय यथाशीघ्र दिन निर्वाचन आयोगसमक्ष आग्रह गरेका छन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त विज्ञप्ति जारी गरेर यथाशीघ्र निर्णय दिन आग्रह गरेका हुन् । 

राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको निर्णयक्षमता र स्वायत्तताको विषयमा उठाइएका प्रश्नले गम्भीर बनाएको उनीहरूको भनाइ छ । 

सोचविचार गरेर संयुक्त धारणा सार्वजनिक गरेको पूर्वप्रमुख निर्वाचन आयुक्त यादवले बताए ।  

नेकपाको आधिकारिताको विषयमा आयोगले निर्णय दिन ढिला गरेको भन्दै आलोचना भइरहेको छ । नेकपा प्रचण्ड–माधव नेपाल समूहले पटक–पटक छिटो निर्णय दिन आयोगलाई आग्रह गर्दै आएका छन् ।

यो पनि पढ्नुस

प्रमुख निर्वाचन आयुक्तलाई प्रचण्ड–नेपाल समूहका नेताको प्रश्न : १५ दिनको सूचना दिनुपर्ने व्यवस्था किन लागू भएन ? 

सुझावित समाचार