विराटनगरमा आज सरकारको शक्ति प्रदर्शन

शनिबार, ८ फागुन, २०७७
डिजिटल संस्करण

सत्ताधारी दल नेकपा ओली समूहले  विराटनगरमा शक्ति प्रर्दशनसभा आयोजना गर्दै छ ।  विराटनगर महानगरपालिका २ मुनालपथमा रहेको  खाली मैदानमा नेकपा ओली समूहले आज प्रदेश १ स्तरीय शक्त्ति प्रदर्शनसभा गर्न लागेको हो । 

प्रधानमन्त्री केपी ओलीले विशेष सम्बोधन गर्ने आजको सभाका लागि सभास्थलमा आकर्षक मञ्च निर्माण गरिएको छ । 
सभामा प्रदेशभरिबाट एक लाखभन्दा बढी कार्यकर्ता सहभागी हुने आयोजक नेकपा मोरङ ओली समूहकाे  दाबी  छ । 

सभालाई गृहमन्त्री रामबहादुर थापा, सुवासचन्द्र नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्ने आयोजकले जानकारी गराएका छन् । सभाअगाडि विराटनगरका विभिन्न क्षेत्रबाट र्याली प्रदर्शन गर्ने कार्यक्रम छ । 

सत्ताधारी दल नेकपा ओली समूहलाई समर्थन जुटाउन आयोजना गरिएको आजको  शक्ति प्रदर्शनसभालाई सफल बनाउन युवाहरूले बिहीबार र शुक्रबार मोटरसाइकल र्याली  मार्चपास कार्यक्रम सम्पन्न गरिसकेका छन् ।  प्रधानमन्त्री, गृहमन्त्री र मुख्यमन्त्री सहभागी हुने भएकाले विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

सुझावित समाचार