नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । राजधानीको एक पार्टी प्यालेसमा जारी बैठकमा समसामयिक विषयमा छलफल जारी रहेको वरिष्ठ नेता झलनाथ खनालले नयाँ पत्रिकालाई जानकारी दिए ।

देशव्यापी भएको विरोध प्रदर्शन र सभा, निर्वाचन आयोगको पछिल्लो निर्णयलगायतका विषयमा छलफल भइरहेको छ । गत ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपा प्रचण्ड–माधव पक्ष निरन्तर आन्दोलनमा रहेको छ ।
श्रद्धाञ्जली, वर्तमान अवस्थाबारे संक्षिप्त जानकारी, निर्वाचन आयोगसम्बन्धी काम, संघर्षको कार्यक्रम, केपी ओली र विष्णु पौडेललाई पार्टी सदस्यबाट निष्कासन र विविध विषय बैठकको कार्यसूचीमा रहेको केन्द्रीय सदस्य युवराज चाैलागाईंले जानकारी दिए । कार्यसूची प्रचण्डले बैठकमा राखेका हुन् ।