क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

३३ जनाबाट ९० लाख ७१ हजार ठगी गरेको ठहर

शुक्रबार, १६ माघ, २०७७
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय, कास्कीले क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई  पक्राउ  गरेको छ । बिहीबार प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दे क्यानडा पठाइदिने भन्दै ठगी गर्ने पर्वत मोदी गाउँपालिका– ७ स्थायी घर भई हाल पोखरा महानगरपालिका– ३० सिसुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मालाई पक्राउ गरिएको जानकारी दिएको हो ।

पक्राउ परेका विश्वकर्माले ३३ जनावाट ९० लाख ७१ हजार पाँच सय ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिकालगायतका देशमा धेरै मानिस रोजगारका लागि पठाइसकेको भन्ने विश्वास दिलाई कास्की, स्याङ्जा, तनहुँ, म्याग्दीलगायतका जिल्लाका ३३ जनालाई क्यानडा पठाइदिने भन्दै उनले ठगी गरेको हमालको भनाइ छ ।

आरोपित विश्वकर्माले काम नगरेपछि उनलाई रकम दिएका ३३ जनाले दिएको निवेदनको आधारमा उनलाई पक्राउ गरिएको कार्यक्रममा उनले जानकारी दिए ।  पक्राउ परेका उनलाई ठगीसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि  बढाइएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार