प्रचण्ड-नेपाल समूहको तेस्रो चरणको आन्दोलन, २८ माघमा काठमाडौंमा पुन: शक्ति प्रदर्शन

सोमबार, १२ माघ, २०७७
डिजिटल संस्करण

संसद् विघटनविरुद्ध संघर्षरत नेकपाको प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी १३ देखि २८ माघसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रमअनुसार १३ माघमा सिटी जुलुस, १४ देखि २१ माघसम्म माइतीघर मण्डलामा धर्ना, १६ माघमा जुलुससहित सहिदहरूलाई श्रद्धाञ्जली दिने, २२ माघमा काठमाडौंमा युवा र्याली, २६ माघमा मसाल जुलुस र २८ माघमा काठमाडौंमा बृहत् विरोध प्रदर्शनलगायत छन् ।

यसअघि ९ माघमा प्रचण्ड नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।

सुझावित समाचार