राजस्व कार्यालयमा घुस लेनदेन : लिने र दिने दुवै पक्राउ

बुधबार, २९ पुष, २०७७
डिजिटल संस्करण

आन्तरिक राजस्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा ४३ हजार घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनलाई कार्यालयबाटै पक्राउ गरेको छ । 

टिमुर किचन रेस्टुरेन्ट ढुंगेधारा, वनस्थलीका सञ्चालक सन्तोष थापामगरसँग उनले घुस लिएको आयोगले जनाएको छ । घुस दिने मगरलाई समेत पक्राउ गरिएको आयोगले जनाएको छ । कर रकम घटाउन दुई पक्षबीच कुराकानी भएको थाहा पाएपछि आयोगले निगरानी गरी दुवैलाई पक्राउ गरेको हो ।

सुझावित समाचार