ओलीले सत्ताको लोभमा केही पार्टीका केही नेता फुटाउन सक्छन् : उपेन्द्र यादव (भिडियोसहित)

मंगलबार, २१ पुष, २०७७
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताको लोभमा प्रधानमन्त्री केपी ओलीले केही पार्टीका नेता फुटाउन सक्ने बताएका छन् । जसपाले राजधानीमा मंगलबार आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तरक्रिया कार्यक्रममा उनले फेरि पनि सरकारले स्वेच्छाचारी, अलोकतान्त्रिक कदम चाल्ने हो कि भन्ने डर सिर्जना भएको बताए । 

प्रतिनिधिसभा विघटन गरेर ओलीले संविधानलाई नै मरेतुल्य बनाएको बताए । असंवैधानिक कदमविरुद्ध राजनीतिक शक्तिको ध्रुवीकरणको आवश्यकता रहेको उनले औँल्याए । 

गैरसंवैधानिक हिसाबले चालेको कदमले प्रतिनिधिसभा  विघटन हुन नसक्ने भन्दै उनले संसद्को कामकारबाहीको जिम्मेवारी सभामुखको काँधमा रहेको बताए । 

प्रतिनिधिसभा विघटनपछि जसपाले आन्दोलन गर्दै आएको छ ।  आन्दोलनकै रूपमा जसपाले मंगलबार सर्वदलीय अन्तरक्रिया कार्यक्रम गरेको हो ।
 

सुझावित समाचार