२५० वर्षको राजतन्त्र फाल्ने जनताले प्रतिगमनकारी र निरंकुश पक्षधरलाई सजिलै बढार्नेछन् : प्रचण्ड

मंगलबार, १४ पुष, २०७७
डिजिटल संस्करण

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अढाई सय वर्षको राजतन्त्र फाल्ने जनताले प्रतिगमनकारी र निरंकुश पक्षधरलाई सजिलै बढार्ने सक्ने बताएका छन् । 

उनले सभालाई सम्बोधन गर्दै भने, ‘तिमीहरूले समयमै सच्याएनौ भने अढाई सय वर्षको राजतन्त्र फाल्ने जनताले प्रतिगमनकारी र निरंकुश पक्षधरलाई जनताले सजिलै बडार्नेछन् ।’ 

‘म भरोसा व्यक्त गर्दछु, सर्वोच्चले संविधानको भावना र मर्म बुझ्दैन भनेर म सोच्न पनि सक्दिनँ । तमाम बुद्धिजीवी र सबै राजनीतिक दलको भावनाविरुद्ध जान्छ भन्ने सोच्न पनि सक्दिनँ,’ उनले भने, ‘केही असहज छ भने सर्वाेच्चका लागि सहजीकरणका लागि हो, जनताले गरेको सहजीकरण हो, आजको प्रदर्शनलाई बुझिदिन अनुरोध गर्छु । यदि संविधानमाथिको निर्मम प्रहार सच्याउने कोसिस भएन भने यो भातख्वाउरे मात्र हुनेछ, आन्दोलनको आँधीहुरी आउन बाँकी छ, नेपाली जनता जागिसकेका छन् । छोड्ने छैन जनताले, प्रतिगमनका पक्षपातीलाई खबरदारी गर्छु । झुक्याएसी झुक्किन्छन् भन्ने ठानेको हो भने त्यो ठूलो भूल हुनेछ ।’ 

See More On

सुझावित समाचार