प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । संसद् विघटनपछि प्रचण्ड–माधवकुमार नेपाल पक्षका सात नेताले मन्त्रीबाट राजीनामा दिएपछि सात मन्त्रालय रिक्त छन् ।
पूर्वमाओवादीबाट ओलीलाई साथ दिएका नेताहरू टोपबहादुर रायमाझी, दावा लामा, मणि थापालगायत मन्त्री बन्ने बताइएको छ । गृहमन्त्री बादलको सिफारिसमा उनीहरू मन्त्री बन्न लागेको एक नेताले जानकारी दिए ।