ओलीको कटाक्ष– प्रचण्ड र माधवहरू गफ फिट्ने मात्रै हुन् (भिडियोसहित)

बिहिबार, ९ पुष, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले पार्टीभित्र खुट्टा तान्ने प्रवृत्तिले देशलाई अगाडि बढाउन बाधा पुगेकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । बिहीबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रको झमेलाका कारण देश हाँक्न बाधा भएकाले विघटन गर्नुपरेको बताएका हुन् । 

देशलाई बिगार्ने, देशको एकता तोड्ने र अग्रगमनको बाटोमा जान रोक्नेहरूलाई जनताले मत नदिने पनि उनले बताए । संसद् पुनर्स्थापना गरेर एक–डेढ वर्ष सत्तामा जानका लागि आन्दोलन गर्न लागेकोसमेत उनले बताए । जनतामा जान छोडेर आन्दोलन गर्ने कुराको कुनै औचित्य नरहेको उनको तर्क छ ।

उनले भने, ‘देश बिगार्ने, देशको एकता तोड्ने, देशलाई अग्रगमनको बाटोमा जानलाई व्यवधान खडा गर्नेहरूलाई जनताले मत दिन्छ ? त्यसकारण उहाँहरूलाई के लागेको छ भने एक–डेढ वर्ष भए पनि संसद् पुनर्स्थापना गरेर जोडघटाउ, जालझेल, तिकडम, यता सम्झौता, उता सम्झौता, यता मिलन, उता मिलन, यता मेलमिलाप कसको आशीर्वाद आदिबाट फेरि सरकारमा पुग्न पाइन्थ्यो कि त्यसपछि त चुनाव भयो भने हुँदैन । चुनाव भयो भने चान्स हुँदैन भनेर उहाँहरू भागिरहनुभएको छ । चुनाव भन्नेबित्तिकै उहाँहरू निद्रामा झस्किनुहुन्छ ।’

सुझावित समाचार