जसपाका नेताहरूद्वारा सभामुख सापकोटासँग संसद् बैठक बोलाउन आग्रह

बिहिबार, ९ पुष, २०७७
डिजिटल संस्करण

जनता समाजवादी पार्टीका नेताहरूले सभामुख अग्निप्रसाद सापकोटासँग संसद्को बैठक बोलाउन आग्रह गरेका छन् । 

आज बिहीबार सिंहदरबारमा भेटी उनीहरूले प्रधामन्त्रीलाई संसद् विघटन गर्ने अधिकार संसद्ले नदिएको भन्दै संसद्को बैठक सभामुखले बोलाउनुपर्ने भनाइ राखेका थिए । 

जसपाका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्णले सभामुख सापकोटालाई भेटी सभामुखको हैसियतले संसद्को बैठक तत्काल आह्वान गर्न आग्रह गरेका हुन् ।

सुझावित समाचार