प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा प्रचण्ड चुनिए (भिडियोसहित)

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण

नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहको विघटित संसदीय दलको नेतामा पुष्पकमल दाहाल चुनिएका छन् । 

यस समूहको नयाँ बानेश्वरस्थिति संसद् भवनको एक हलमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । 

उनलाई सर्वसम्मत रूपमा त्यहाँ उपस्थित सांसदले नेता चयन गरेका हुन् ।

वैठकमा १ सय १५ संसदमा नेकपाकाे तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरु सहभागि भएकाे प्रचण्डले दावी गरे । 

प्रचण्डलाई संसदीय दलकाे नेता चयन गरेसँगै वैठक सकिएकाे छ । 

सुझावित समाचार