प्रचण्ड–नेपालले गरे कानुनविद् एवं संविधानविद्सँग छलफल

सोमबार, ६ पुष, २०७७
डिजिटल संस्करण

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं नेता माधवकुमार नेपालले संसद् विघटन भइसकेको सन्दर्भबारे कानुनविद् एवं संविधानविद्हरूसँग परामर्श गरेका छन् । 

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटन भइसकेको अवस्थामा अब चालिने संवैधानिक एवं राजनीतिक कदमबारे उनीहरूको परामर्श लिएको जनाइएको छ । 

सोमबार बिहान दुवै नेताले कानुनविद् एवं संविधानविद्हरूसँग परामर्श गरेको प्रचण्डकी पुत्री एवं प्रचण्डको सचिवालयकी सहयोगी गंगा दाहालले जानकारी दिइन् । 

छलफलमा शम्भु थापा, बारका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठ, चन्द्रकान्त ज्ञवाली, रामनारायण बिडारी लगायतका कानुनविद्हरु सहभागि भएका थिए ।

अध्यक्ष दाहाल र नेता नेपाल भने अहिले आफ्नो समूहको भेला हुने स्थल बानेश्वरस्थित संसद् भवन परिसरको एक हलमा पुगिसकेका छन् । 

सुझावित समाचार