प्रधानमन्त्री केपी ओलीनजिकका नेकपाका नेता कर्णबहादुर थापाले प्रधानमन्त्रीकाे संसद् विघटनकाे कदमकाे बचाउ गरेका छन् ।
उनले याे कदम प्रधानमन्त्री ओलीले बाध्यतावश अपनाउनुपरेकाे कदम भनी प्रतिक्रिया दिएका छन् ।
उनले जनताको जनमतलाई अनादर गरेर काम गर्न नदिने, बाधा–व्यवधान सिर्जना गर्ने, हातखुट्टा बाँध्ने, समाजवाद निर्माण गर्ने उद्देश्यले स्थापना भएको सरकारलाई कमजोर बनाउने पार्टीभित्रको खेल र देशविदेशी शक्तिहरूले साँठगाँठ गरेर गरिएको षड्यन्त्रपछिकाे बाध्यात्मक कदम भएकाे बताए ।
उनले जनताले याे सरकारले पाँच वर्षसम्म राम्राेसँग काम गराेस् भन्ने भए पनि आफ्नै दलभित्रबाट अप्ठ्याराेमा पारिएकाे बताए ।
उनले भने, ‘त्यसकारण जनादेशमा जानुपर्छ भन्ने जनताको आवाज र प्रधानमन्त्रीको कदम मिलेको छ । याे कदमबाट ब्याक हुन सक्छ कि सक्दैन, यो छलफलको कुरा हो । राजनीति जहिले पनि अगाडि हुन्छ, प्राविधिक विषय पछाडि हुन्छन् । त्यसैले प्रधानमन्त्रीको कदमले जनताको भावनालाई एकाकार गरेको छ ।’