अध्यादेशबारे छलफल गर्न कांग्रेसले बाेलायाे पदाधिकारी बैठक

बुधबार, १ पुष, २०७७
डिजिटल संस्करण

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । 

संविधानले परिकल्पना गरेविपरीत प्रतिपक्षी दलको नेता र सभामुखविना नै बैठकबाट निर्णय गर्न सकिने गरी संवैधानिक परिषद्सम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश जारी गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाएको कांग्रेस नेता रामशरण महतले जनाएका छन् ।  

आज दिउँसो १ बजे बोलाइएको बैठकमा पदाधिकारीसहित पूर्वपदाधिकारी र शीर्ष तहका नेताहरूलाई बोलाइएको छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने भएको छ । 

यसअघि राष्ट्रपतिबाट अध्यादेश जारी भए पनि सभापति देउवाले यसप्रति कांग्रेसको स्पष्ट विमति रहेको प्रारम्भिक प्रतिक्रिया दिएका थिए ।  
 

सुझावित समाचार