अध्यादेशबारे छलफल गर्न देउवाले बोलाए शीर्ष नेताको बैठक

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

सरकारले हठात् जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बुधबार दिउँसो बस्ने गरी देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । 

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सरकारले जारी गरेको अध्यादेशबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘पार्टीले गरेको विरोध कार्यक्रमको समीक्षा पनि हुन्छ, सरकारको अध्यादेशलगायत विषयमा समेत छलफल हुन्छ,’ उनले नयाँ पत्रिकासँग भने ।

सुझावित समाचार