गगन थापा भन्छन्- सरकारको असंवैधानिक र निरंकुश कदमलाई असफल बनाएरै छाड्नेछौँ

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

कांग्रेस नेता गगन थापाले राष्ट्रपतिसँगको साँठगाँठमा संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर अध्यादेश जारी गरिएको दाबी गर्दै आपत्ति जनाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि थापाले ट्विट गर्दै सरकारको असंवैधानिक र निरंकुश कदमलाई सडक र सदनको बलबाट, जनताको साथ र शक्तिबाट असफल बनाएरै छाड्ने बताएका छन् । 

उनले ट्विटरमार्फत भनेका छन्-

संसद् बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगको साँठगाँठमा अध्यादेश जारी गर्ने !
@kpsharmaoli
सरकारको यो असंवैधानिक र निरंकुश कदमलाई असफल बनाएरै छाड्नेछौँ। 
सडक र सदनको बलबाट ! जनताको साथ र शक्तिबाट !!

सुझावित समाचार