पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बलिदानमार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो भन्दै प्रश्न गरेका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि भट्टराईले ट्विट गर्दै अर्को विनाशकारी अध्यादेशअघि नै संसद् अधिवेशन बोलाउन प्रस्ताव पनि गरेका छन् ।
उनले ट्विटमार्फत भनेका छन्-
त्यसै त निम्छरा संवैधानिक आयोग, अब अध्यादेशमार्फत बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान् ? त्यत्रो बलिदानमार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त ?अर्को विनाशकारी अध्यादेशअघि नै संसद् अधिवेशन बोलाऊँ !।