नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले हतारमा अध्यादेश जारी गरेर संवैधानिक निकायमा आफूअनुकूलका मानिस भर्ने कुत्सित नियत देखाएको बताएका छन् ।
उनले सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ अघि बढेको थप प्रमाणित भएको भनेका छन् ।
नेता पौडेलले संवैधानिक परिषद्को मूल मर्मविपरीत संवैधानिक निकायमा आफूअनुकूलका मानिस भर्ने कुत्सित नियतका साथ संसद् अधिवेशन छल्ने गरी हतारहतार अध्यादेश जारी भएको बताए ।
उनले ट्विट गर्दै सरकारले जारी गरेको अध्यादेशको विरोध गरेका छन् ।
‘संवैधानिक परिषद्को मूल मर्मविपरीत संवैधानिक निकायमा आफूअनुकूलका मानिस भर्ने कुत्सित नियतका साथ संसद् अधिवेशनलाई छल्नका लागि हतारहतारमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण हो। यस्ता कार्यको म घोर विरोध गर्दछु,’ उनले लेखेका छन् ।