कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग गरेका छन् ।
उनले अध्यादेश संविधानको मर्म र भावनाविपरीत ल्याइएको भन्दै तुरुन्तै खारेजी गर्नुपर्ने माग गरे ।
नेता डा. कोइरालाले सरकारले जारी गरेको अध्यादेश कांग्रेसले भन्दै आएको अधिनायकवादको सिँढी भएको बताएका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘संविधानको मर्म र भावनाविपरीत ल्याइएको ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश’ तुरुन्तै खारेज गरियोस् । यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिँढी हो।’