तरबुजा नष्ट हुनुको कारण बुझ्न किसान आयोग चितवनमा

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण

नयाँ पत्रिका समाचार प्रभाव

राष्ट्रिय किसान आयोगको टोलीले बिहीबार तरबुजा खेती नष्ट गरेका किसानसँग भेट गरेको छ । राष्ट्रिय किसान आयोगका विज्ञ तथा सदस्य उदयचन्द्र ठाकुरको नेतृत्वमा आएको टिमले भरतपुर महानगरपालिका– २५ अमृतनगर कृषिचोकस्थित नोबेल एग्रिकल्चर फर्मका सञ्चालक कृष्णप्रसाद न्यौपानेको बारीमा नै पुगेर तरबुजा ट्र्याक्टर लगाएर नष्ट गर्नुको कारणबारे जानकारी लिएको हो । 

न्यौपानेले १५ लाखभन्दा बढी खर्च गरेर ६ बिघा जमिनमा लगाएको तरबुजाले बजार नपाएपछि नष्ट गरेको समाचार नयाँ पत्रिकामा आएको थियो । उनले प्रतिकेजी २० रुपैयाँ लागत पर्ने उत्पादन १० रुपैयाँमा लैजाऊ भन्दा पनि व्यापारीले नलगेपछि तरबुजाबारीमा ट्र्याक्टर लगाएका थिए । धानको समर्थन मूल्य तोकिएपछि सप्तरीदेखि पर्सासम्मको अवस्थाबारे समेत जानकारी लिएर टोली काठमाडौं फर्किएको छ । 

सुझावित समाचार