प्रचण्डले ओलीलाई भने– प्रस्तुतिमा आत्मालोचनाको भाव देखिएन

शनिबार, १३ मंसिर, २०७७
डिजिटल संस्करण

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीमा अझै कमजोरी महसुस गरेर आत्मालोचनासहित पार्टीलाई अघि बढाउने भाव नदेखिएको बताएका छन् । प्रधानमन्त्री ओलीको एक घन्टा लामो मन्तव्यपछि शनिबारको सचिवालय बैठकमा छोटो सम्बोधन गरेका प्रचण्डले त्यस्तो बताएका हुन् ।

‘उहाँको प्रस्तावबारे त अध्ययन गरिसकेपछि नै भन्न सकिएला, तर प्रस्तुतिमा कति पनि आत्मलोचनाको भाव देखिएन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने ।

यद्यपि, ओलीका तर्फबाट जवाफी प्रस्ताव आउनुलाई आफूले सकारात्मक रूपमै लिएको बताउँदै प्रचण्डले दुवै प्रस्तावमाथि सही ढंगले छलफल गरिए पार्टी एकतालाई अझ उन्नत र मजबुद बनाउन सकिने विश्वास व्यक्त गरेका थिए ।
‘आत्मालोचनाको भाव नदेखिए पनि प्रस्ताव आउनु सकारात्मक कुरा हो । यसको हामी स्वागत गर्छौँ । अब व्यवस्थित छलफल गर्छौँ । पार्टी एकताको रक्षा गर्न नै मैले पनि प्रस्ताव प्रस्तुत गरेको हुँ । तपाईंको प्रस्तावलाई पनि सही ढंगले छलफल गरियो भने पार्टी एकता अझ उन्नत र मजबुद हुन्छ,’ प्रचण्डको भनाइ थियो ।

यो पनि पढ्नुस

प्रचण्डलाई ओलीको प्रश्न- यो स्वस्थ नीतिगत बहस हो कि ‘वार कि पार’को लडाइँ ?  [प्रस्तावकाे पूर्णपाठ]

३८ पेजको प्रस्तावअघि प्रचण्डलक्षित ओलीको प्रश्न : सधैँ आफ्नै लागि दौडधुप केका लागि ? 

नेपाल र खनालले भने– बैठकको निर्णयलाई सबैले मान्नुपर्छ, चार नेता मौन 

निर्णयमै पहिला सहमति खोजेर बैठक बस्न खोज्ने तरिका ठीक होइन : उपाध्यक्ष गौतम 

सुझावित समाचार