नेकपामा ओलीको विकल्पमा अरू कोही छैन : रामवीर मानन्धर

बिहिबार, ११ मंसिर, २०७७
डिजिटल संस्करण

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमनत्री केपी ओलीको विकल्प अरू कोही हुनै नसक्ने बताएका छन् । 

बिहीबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री मानन्धरले हाल नेकपामा ओलीको विकल्प कोही नभएको बताएका हुन् । 

७०वर्षे कालखण्डमा बनेको सबैभन्दा शक्तिशाली सरकार ओली नेतृत्वमा बनेको उल्लेख गर्दै उनले ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पूरा हुने बताए । 

उनले आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गरिरहेको बताए । 

जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउने जिम्मेवारी नेकपाले पाएको उल्लेख गर्दै उनले जनमतको अवमूल्यन गर्ने काम कतैबाट पनि हुन नहुने बताए । 

मन्त्री मानन्धरले नेकपामा देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरू लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्ने गरी निर्णय आउने दाबी गरे ।

सुझावित समाचार