त्रिशूलीमा खसेकाे भ्यानबाट दुईजनाको शव निकालियो, एक अझै बेपत्ता (अपडेट)

बिहिबार, ११ मंसिर, २०७७
डिजिटल संस्करण

प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएका तीनमध्ये दुईजनाको शव भेटिएको छ ।

चालक सूर्य केसी र जमुना रोक्काको शव भ्यानभित्रैबाट निकालिएको हो । बेपत्ता जिनिसा रोक्का भने भ्यानबाट खसेकाले फेला पार्न नसकिएको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए । 

लु.१च ९७३१ नम्बरको पिकअप भ्यान बिहान साढे ५ बजे चितवनको इच्छाकामना गाउँपालिका– ४ स्थित पृथ्वी राजमार्गको नागदी खोला भन्ने स्थानको सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो । बेपत्ता एकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । 

याे पनि पढ्नुहाेस्

प्युठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशुलीमा खस्यो, तीनजना बेपत्ता

See More On

सुझावित समाचार