बर्दिबास घटना : प्रहरीको गोली लागी घाइते बुद्धिराज न्यौपानेको उपचारको क्रममा मृत्यु

थप तनावको स्थिती

बुधबार, १० मंसिर, २०७७
डिजिटल संस्करण

६ वर्षीया  बालिका गुलाब साह खातुनको हत्या विरोधमा उत्रिएका महोत्तरी बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको छ ।

गोली लागेर गम्भीर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो । उनको मंगलबार राति १ बजे उपचारको क्रममा अस्पतालमै मृत्यु भएको  महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । 

उनीसँगै घाइते अर्का श्याम कार्कीको भने उपचार भइरहेको छ । न्यौपानेको मृत्युसँगै बर्दिबासमा थप तनावको स्थित सिर्जना भएको छ । घटनास्थलमा थप तनावको स्थिति पैदा नहोस् भनेर बुधबार बिहान ८ बजे सुरक्षा समितिको बैठक बस्दै छ । कर्फ्यु वा निषेधाज्ञा लगाउने विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए । 

सुझावित समाचार