काठमाडौं, भक्तपुर र धनुषाका सिडिओ फेरिए

आइतबार, ७ मंसिर, २०७७
डिजिटल संस्करण

गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । काठमाडौं, भक्तपुर र धनुषाका सिडिओ हेरफेर भएका हुन् । 

गृहमा कार्यरत कालीप्रसाद पराजुलीलाई काठमाडौं पठाइएको छ । धनुषामा कार्यरत प्रेमप्रसाद भट्टराईको भक्तपुर तथा डडेल्धुरामा कार्यरत बन्धु बाँस्तोलाको धनुषाको सिडिओमा सरुवा भएको गृह मन्त्रालयले जनाएको छ । 

काठमाडौंका जनकराज दाहाल र भक्तपुरकी हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

सुझावित समाचार