कांग्रेस नेता केसी भन्छन्- ओलीसँग सत्तासाझेदारी कांग्रेसको निम्ति आत्महत्या हुनेछ

आइतबार, ७ मंसिर, २०७७
डिजिटल संस्करण

कांग्रेस नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी ओलीसँग सत्तासाझेदारी गर्नु कांग्रेसका निम्ति आत्महत्या हुने बताएका छन् ।

केसीले बुधबार ट्विट गर्दै भनेका छन्- प्रम ओलीले  नेकासँग संयुक्त सरकारको प्रस्ताव राखेको हल्ला छ । स्थिरता, समृद्धि र स्वर्ग लाने भ्रम छरेर आएको, भ्रष्टाचारमा चुर्लुम्म डुबेकासँग, फोहोरको भारी बोक्न यसमा संलग्न हुनु वा सत्तामा जाने हतार गर्नु नेकाको निम्ति आत्महत्या हुनेछ । उनीहरू टुटुन्, फुटुन् वा जुटुन् यो उनकै समस्या हो ।

यो पनि पढ्नुस्

ओली–देउवा गोप्य भेट, ओलीद्वारा सत्ता साझेदारीको प्रस्ताव

सुझावित समाचार