कांग्रेसको बैठक पाँचौँपटक स्थगित

बुधबार, २६ कार्तिक, २०७७
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पाँचौँपटक स्थगित भएको छ । बिहीबार बस्ने भनिएको बैठक शुक्रबारका लागि स्थगित भएको छ । 

बुधबार पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिको बैठक २८ कात्तिक शुक्रबारका दिन दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिएका छन् । यसअघि बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । 

पार्टीभित्रको विवादका कारण डेढ महिनादेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन । विवादका विषयमा आइतबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठकले सहमति जुटाए पनि केन्द्रीय कार्यसमितिको बैठकका लागि तयारी पूरा नभएपछि बैठक एक दिनलाई सारिएको बताइएको छ ।

सुझावित समाचार